प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साह र त्यही समितिकी सदस्य कल्पना मियाँ कुसारीबीच सहमति भएको छ ।
सभामुख देवराज घिमिरेको रोहबरमा मंगलबार छलफल भएपछि उनीहरुबीच सहमति भएको हो । गत ७ गतेको बैठकमा समिति सभापति साहले व्यक्तिगत कुरा गरेपछि सांसद कुसारीले उनीमाथि माइक र नेम प्लेट प्रहार गरेकी थिइन् ।
समिति सभापति साहले आफूहरु दुवै पक्षले गल्ती भएको महसुस गरेको अबका दिनमा यस्ता घटना नदोहोर्याउने सहमति भएको बताए ।
‘उहाँले पनि अनुमति नदिएर बोल्नुभयो र अभद्र व्यवहार गर्नुभयो,’ उनले भने, ‘मैले पनि त्यस्तो व्यक्तिगत कुरा गर्नुहुँदैन्थ्यो भन्ने महसुस गरेँ । दुवै पक्षले गल्ती भएको महसुस गरेपछि सहमति भयो ।’
सभामुख घिमिरेले पनि यस्तो घटना अब नदोहोर्याउन र अब मिलेर काम गर्न सेचत गराएका थिए ।
माओवादी सांसदले महिला समिति सभापति साहलाई प्रहार गरिन् माइक र नेमप्लेट














