सेयर बजार मंगलबार ३४.१७ अंकले बढेको छ । मंगलबार नेप्से सूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा आएको छ ।४ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो कारोबार रकम करिब ६ महिनायताकै उच्च हो ।
यस दिन २७० कम्पनीको १ करोड ८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिस्टिलरी र आईजीआई प्रेसिडेन्सियल इन्सुरेन्स परेका छन् ।