महिला सशक्तीकरण र वित्तीय समावेशीताको अभियानलाई निरन्तरता दिँदै नबिल बैंकले संचालनमा ल्याएको ‘नबिल नारी कर्जा’ योजना अहिले पनि महिला उद्यमीहरूका लागि एक प्रभावकारी वित्तीय साधन बनेको छ।
स्वदेशी उत्पादन, साना व्यवसाय, सेवा उद्योग, कृषि उद्यम जस्ता क्षेत्रमा क्रियाशील महिला उद्यमीहरूलाई लक्षित गरी नबिल बैंकले यो योजना उपलब्ध गराउँदै आएको हो। यो कर्जा योजना साना तथा मझौला उद्यम सञ्चालन तथा विस्तार गर्न चाहने महिलाहरूका लागि सरल प्रक्रिया र आकर्षक सुविधासहितको विकल्प हो।
‘नबिल नारी कर्जा’ योजना अन्तर्गत महिलाहरूले न्यूनतमदेखि अधिकतम ५ करोड रुपैयाँसम्मको कर्जा लिन सक्ने सुविधा पाउँछन्। यस कर्जामा प्रतिस्पर्धी र महिलामैत्री ब्याजदर राखिएको छ, जसले उद्यमी महिलाहरूलाई सस्तो लागतमा व्यवसाय सञ्चालन वा विस्तार गर्न सहयोग पुर्याउँछ। यस योजनामा कर्जा लिने इकाई प्रमुख महिलालाई प्रारम्भिक २० हजारदेखि ५ लाख रुपैयाँसम्मको निःशुल्क क्रेडिट कार्ड प्रदान गरिन्छ, जसले उनीहरूको व्यक्तिगत तथा व्यवसायिक खर्च व्यवस्थापनमा सहजता ल्याउँछ। कारोबारमा पारदर्शिता र नियन्त्रण सुनिश्चित गर्न ग्राहकले गरेका सबै कारोबारबारे तुरुन्तै एसएमएस तथा इमेल मार्फत सूचना प्राप्त हुने सुविधा पनि उपलब्ध छ।
साथै, बैंकले मासिक खाताको विवरण (स्टेटमेन्ट) निःशुल्क उपलब्ध गराउनेछ। स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै, नबिलले कर्जा लिने प्रमुख महिलाको लागि गम्भीर रोग (क्रिटिकल इलनेस) को बीमा पनि समेटेको छ, जसले आकस्मिक स्वास्थ्य जोखिममा वित्तीय सुरक्षा प्रदान गर्छ। यसबाहेक, क्रेडिट इन्फरमेसन सेन्टर (CIC) र आम्दानी स्रोत (STR) सम्बन्धी शुल्कहरूमा कुनै अतिरिक्त शुल्क नलागी वास्तविक लागतमा मात्र सेवा प्रदान गरिन्छ। सबै आवश्यक कागजात बुझाएपछि पाँच कार्यदिनीभित्र कर्जा प्रक्रिया टुंग्याउने समयसीमा राखिएकाले सेवा छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
‘नबिल नारी कर्जा’ अहिले नबिल बैंकका सबै शाखाहरूबाट सहज रूपमा उपलब्ध छ र यसले महिला उद्यमीहरूलाई व्यवसायिक यात्रामा आत्मविश्वासका साथ अघि बढ्न निरन्तर उत्प्रेरित गर्दै आएको छ।
बैंकले यस योजनामार्फत थुप्रै महिलाहरूलाई होटल, बुटिक, सैलुन, कृषि फार्म, फुड प्रोसेसिङ, ई–कमर्सजस्ता विविध क्षेत्रमा आत्मनिर्भर उद्यमीको रूपमा स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
यो योजना केवल वित्तीय सहयोगमा सीमित नरही, महिलाको सीप, सम्भावना र सपना साकार पार्न एक प्रभावकारी माध्यमका रूपमा स्थापित हुँदै जाने बैंकले जनाएको छ ।














