सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिले सम्मकै उच्च मूल्य पनि हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख २३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ ।

आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १४४५ रुपैयाँमा कारोबार भएको थियो ।