२४ वटा बैंक तथा वित्तीय संस्थाले मात्र आस्वा सदस्यता नवीकरण गराएका छन् ।
धितोपत्र खरिद (सार्वजनिक निस्कासन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम योग्यता कायम गरेका २४ वटा बैंक तथा वित्तीय संस्थाहरूलाई आर्थिक वर्ष २०८०र८१ को लागी धितोपत्रको निस्काशन हुदाँको वखत लगानीकर्ताको दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्ने अनुमतिपत्र नवीकरण गरिएको बोर्डले जनाएको छ ।
जसअनुसार अब तलको सूचनामा उल्लेख भएका २४ वटा बैंक तथा वित्तीय संस्थाबाहेक अन्यबाट लगानीकर्ताहरूले आईपीओ भर्न नपाउने भएका छन् ।
सदस्यता नवीकरण नगराएका बैंक तथा वित्तीय संस्थाबाट आईपीओसहित अन्य सार्वजनिक निस्काशनमा आवेदन दिन नमिल्ने भएको हो ।
सार्वजनिक निस्काशनमा लगानीकर्ताको दरखास्त संकलन र सो सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष समाप्त हुनभन्दा १ महिना अघि नै नेपाल धितोपत्र बोर्डमा नवीकरणको लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।
















