प्रतितोला तीन सयले बढ्यो सुनको मूल्य

मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यस्तै आज तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबार छापावल सुन एक लाख १२ हजार २ सय रुपैयाँमा र तेजावी सुन एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।