प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा शपथ ग्रहण गरेका छन्।
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा पनि शपथ लिएका छन्।
सांसदहरूले आफ्नो सांस्कृतिक पहिचान अनुसार आ–आफ्नै भेषभूषामा शपथ ग्रहणको कार्यक्रममा उपस्थित भएका थिए।
















