रियल मड्रिडलाई घरेलु मैदानमै बायर्नको झट्का, २–१ ले पराजित

Image

रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा घरेलु मैदानमै बायर्न म्युनिखसँग २–१ ले पराजय भोगेको छ।

मंगलबार राति स्यान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा पाहुना टोली बायर्नका लागि लुइस डियाज र ह्यारी केनले एक–एक गोल गरे भने रियलका लागि किलियन एमबाप्पेले एक गोल फर्काए।

खेलको ४१औँ मिनेटमा डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरु भएको केही समयमै केनले अर्को गोल थप्दै रियलमाथि दबाब बढाएका थिए।

७४औँ मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

खेलमा बायर्नका गोलकिपर म्यानुएल नोएर उत्कृष्ट प्रदर्शन गर्दै नायक बने। उनले रियलका ९ प्रहार बचाउँदै टोलीलाई महत्वपूर्ण जित दिलाए।

अब दोस्रो लेग अप्रिल १५ मा बायर्नको घरेलु मैदान एलियान्ज एरिनामा हुनेछ, जहाँ समग्र विजेता टुंगो लाग्नेछ।