काभा महिला भलिबल : नेपाल पोल ‘ए’ मा

Image

नेपाल भलिबल संघको आयोजनामा आगामी जेठ ८ गतेदेखि सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल पोल ‘ए’मा परेको छ ।

मंगलबार नेपाल भलिबल संघले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेसँगै नेपाल पोल ‘ए’मा परेको हो । समूहमा नेपालले कीर्गिस्तान, भारत र माल्दिभ्सलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ । कुल आठ राष्ट्र सहभागी यो प्रतियोगिताको पोल ‘बी’मा भने इरान, काजाकस्तान, श्रीलंका र बंगलादेश छन् ।

प्रतियोगिताको औपचारिक उद्घाटन जेठ ८ मै काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ । तालिका अनुसार, नेपालले पहिलो खेल भारतसँग खेल्ने छ । यी दुईबीचको खेल जेठ ८ गते दिउसो ३:३० मा हुनेछ ।

‘लिग कम नकआउट’ प्रणालीअनुसार सञ्चालित यो प्रतियोगिता समूहका दुई शीर्ष टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।