यसपटक नेपाली कागजको फाइलमा बजेट वक्तव्य 

Image

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यसअघि जस्तो झोलामा नभइ नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् । विगतमा विभिन्न अर्थमन्त्रीहरूले रातो सुटकेश वा परम्परागत झोलामा बजेट वक्तव्य बोकेर जाने चलन रहँदै आएको थियो ।

यसपटक भने नेपाली कागजको प्रयोग गर्दै उनले फरक सन्देश दिन खोजेको देखिएको छ । यसअघि सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण पनि नेपाली कागजकै रङको आवरणमा तयार पारिएको थियो ।

उनको यो कदमलाई परम्परा परिवर्तनसँगै नेपाली मौलिकता र स्थानीय उत्पादन प्रवर्द्धनको प्रयासका रूपमा हेरिएको छ ।