सरकारले लियो ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

Image

बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ।

चालू बजेटमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिइएकोमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महत्त्वाकांक्षी वृद्धिदरको लक्ष्य लिएका हुन्।

राष्ट्रिय तथ्यांक कार्यालयले यस वर्ष ३.८५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।