सरकारले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को बजेट घटाएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा चालु आर्थिक वर्षको भन्दा द्रुतमार्गको बजेट ६ अर्ब ८५ करोड रुपैयाँ कटौती गरेका हुन्। आगामी आर्थिक वर्ष २०८३/८४ को लागि काठमाडौँ–तराई–मधेस द्रुतमार्गका लागि रु १७ अर्ब ६४ करोड बजेट विनयोजन गरेको छ।
गत वर्ष द्रुतमार्गका लागि २४ अर्ब ४९ करोड विनियोजन गरिएको थियो। आगामी आर्थिक वर्षमा ४० पुल र ५.४ किलोमिटर सुरुङ निर्माण गर्ने लक्ष्यसहित द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट विनयोजन गरिएको वाग्लेले बताए। त्यसैगरी आगामी आर्थिक वर्षमा द्रुतमार्गको लिङ्क रोड निर्माण सुरु गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ।
















