सरकारका कामकाज हेर्न उपसमिति गठन, अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालयको जिम्मा

Image

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारका काम कारबाही अध्ययन एवं सहजीकरण गर्न विभिन्न उपसमिति गठन गरेको छ। 

बिहीबार सुशासन समितिका सभापति हरि ढकालको सभापतित्वमा बसेको बैठकले उपसमितिहरू गठन गरेको हो। समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवं निकायको काम कारबाही अध्ययन एवं सहजीकरण गर्न विभिन्न उपसमिति गठन गरिएको सुशासन समितिका सदस्य सचिव विशाला सापकोटाले जानकारी दिए। 

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयका कामकारबाही हेर्ने जिम्मेवारी डा. अमरेशकुमार सिंहलाई दिएको छ। समितिले डा. सिंहको नेतृत्वमा सात सदस्यीय उपसमिति गठन गरेको हो।