रास्वपा सांसदको भाषा र गतिविधिमाथि प्रश्न उठेपछि रविले बोलाए बैठक

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रीसहित प्रतिनिधिसभामा रहेका पार्टीका सांसदहरूको बैठक बोलाएका छन्।

रास्वपाका केही सांसदले संसद् र संसदीय समितिमा प्रयोग गरेको भाषा तथा गतिविधिलाई लिएर प्रश्न उठ्न थालेपछि सभापति लामिछानेले बैठक बोलाएका हुन्।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा संसद् र समितिमा प्रयोग भएको भाषा तथा गतिविधिका विषयमा प्रश्न उठेका सांसदहरूलाई सभापति लामिछानेले निर्देशन दिने रास्वपा स्रोतले जनाएको छ।

त्यस्तै, रास्वपाका सांसदहरू नै सरकारविरुद्ध बोल्न थालेपछि मन्त्रीहरूलाई समेत बैठकमा बोलाइएको बताइएको छ। आफ्नै पार्टीका सांसदहरूले सरकारको आलोचना गरिरहनुको कारणबारे पनि बैठकमा छलफल हुने स्रोतले जानकारी दिएको छ।

बैठकमा सांसदहरूको अभिव्यक्ति, संसदीय मर्यादा र पार्टीको सरकारप्रतिको धारणा तथा भूमिकाबारे समेत छलफल हुने बताइएको छ।