उद्धव थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्ने राप्रपाको निर्णय

Image

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) वाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्ने निर्णय गरेको छ ।

वाग्मती सरकारसम्बन्धी विषयको समीक्षा गर्न बिहीबार बसेको राप्रपाको बैठकले एमाले नेतृत्वको सरकार बनाउन सघाएपछि थापालाई प्रदेश सांसदबाट पदमुक्त र पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो ।