चिनियाँ राष्ट्रपति सी चिनफिङ नयाँ दिल्लीमा हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने भएका छन्। सेप्टेम्बर १२ र १३ मा दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन हुँदैछ।
यसअघि सी सम्मेलनमा सहभागी हुने बताइए पनि औपचारिक घोषणा गरिएको थिएन। यात्राको दुई दिनअघि मात्र चीनले सीको भ्रमणको घोषणा गरेको हो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सी शनिबार नै दिल्ली ओर्लिनेछन्।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा राष्ट्रपति सी चिनफिङ सेप्टेम्बर १२ देखि १३ सम्म नयाँ दिल्लीमा हुने १८ औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ।
सन् २०२० मा गलवानमा दुई देशका सैनिकबिच झडप भएयता सीले पहिलो पटक भारत भ्रमण गर्न लागेका हुन्। यससँगै सुधार हुँदै गएको चीन-भारत सम्बन्धले थप लय पक्रिनसक्ने विश्लेषकहरूको भनाइ छ।














