पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पाल्पाको अर्चलेमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको जल तथा मौसम मापन ड्यासबोर्डबाट प्राप्त अद्यावधिक विवरण अनुसार २४ घण्टाको अवधिमा देशभरका मापन केन्द्रहरू मध्ये अर्चले स्टेशनमा सबैभन्दा बढी २०५.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको हो ।
अर्चलेका अलावा देशका अन्य धेरै स्थानमा पनि भारी वर्षा मापन गरिएको छ । प्राप्त तथ्याङ्क अनुसार अन्य प्रमुख मापन केन्द्रहरूमा १२१.२ मिमी, ११७.२ मिमी, ११६.४ मिमी, ११५ मिमी, ११३ मिमी, र १०५ मिमी सम्म वर्षा रेकर्ड भएको छ ।
त्यसैगरी तराई, भित्री मधेस तथा पहाडी भू-भागका धेरैजसो केन्द्रहरूमा २५ मिलिमिटर देखि ९२।२ मिलिमिटर सम्मको मध्यमदेखि भारी वर्षा दर्ता भएको छ ।
यसको विपरीत देशको सुदूरपश्चिम तथा उत्तरी हिमाली भेगका कतिपय मापन केन्द्रहरूमा भने वर्षाको मात्रा न्यून रहेको छ । ती क्षेत्रहरूमा ० देखि १५ मिलिमिटर सम्म मात्र वर्षा मापन गरिएको छ ।














