खराब मौसमका कारण देशका विभिन्न स्थानमा हवाई उडान प्रभावित भएका छन्। पर्याप्त भिजिबिलिटी नहुँदा चितवनको भरतपुर र संखुवासभाको तुम्लिङटार विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन्।
विमानस्थल कार्यालयका अनुसार दुवै विमानस्थलमा मौसम प्रतिकूल रहेकाले उडान सञ्चालन गर्न नसकिएको हो।यता, पोखरा विमानस्थलको भिजिबिलिटी भने क्रमशः सुधार हुँदै गएको छ। पर्याप्त भिजिबिलिटी कायम भए उडान सञ्चालन गर्ने तयारी गरिएको विमानस्थल कार्यालयले जनाएको छ।खराब मौसमकै कारण आजका लागि तय गरिएका माउन्टेन फ्लाइटसमेत सञ्चालन हुन सकेका छैनन्।
मौसममा सुधार आएपछि मात्रै उडानहरू नियमित रूपमा सञ्चालन गर्न सकिने सम्बन्धित विमानस्थल कार्यालयहरूले जनाएका छन्।














