कांग्रेस सहमहामन्त्रीमा डिल्लीराम सुवेदीको उम्मेदवारी दर्ता

Image

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत डिल्लीराम सुवेदीले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंगलबारदेखि सुरु भएको मनोनयन दर्ता प्रक्रियाअन्तर्गत सुवेदीले सहमहामन्त्री पदका लागि खु्ल्लातर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्। सुवेदी कांग्रेसको राजनीतिमा २५ वर्षदेखि निरन्तर सक्रिय छन्।

पार्टीको संगठन निर्माण र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका उनले यसपटक केन्द्रीय पदाधिकारीतर्फ खुल्लातर्फको सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका हुन्। १५औँ महाधिवेशनबाट कांग्रेसले सभापति, वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित नयाँ केन्द्रीय नेतृत्व चयन गर्दैछ।

उम्मेदवारी दर्तासँगै विभिन्न पदमा नेताहरूले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। सुवेदीसॅगै सहमहामन्त्री पदका लागि खुलातर्फ रामहरि खतिवडा, देवेन्द्रराज कंडेल, डिल्लिराम सुवेदी, रमेश धमला, अजयबाबु शिवाकोटी र विकास कोइरालाले पनि उम्मेदवारी दिएका छन् ।