दोलखाको सिंगटीबाट चार किलो सुनसहित तीन जना पक्राउ

दोलखाको सिंगटी बजारबाट प्रहरीले चार किलो सुन सहित तीन जनालाई पक्राउ गरेको छ । गए राती सुनसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ । बिगु गाउँपालिकाका १ लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको थियो ।