नेप्से ११.२७ अंकले घट्यो

पछिल्ला तीन कारोबार दिन लगातार बढेको नेप्से परिसूचक सोमबार भने ११.२७ अंक घटेको छ । आज नेप्से सूचक १८९६.६७ को विन्दुमा कायम छ।

आज २९० धितोपत्रको एक ६० लाख १७ हजार ३९७ कित्ता धितोपत्र खरिद–बिक्री भएको छ भने एक अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

साथै सोमबार अप्पर स्याङ्गे हाइड्रोको सेयरमा ‘पोजिटिभ सर्किट’ लागेको छ। कम्पनीका सेयरधनीले आज मात्रै ७७.४ रुपैयाँ कमाएका छन्। अभियान लघुवित्तको सेयर मूल्य ७.७२ प्रतिशत वृद्धि भएको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने ७७ रुपैयाँ घटेर कारोबार भएको छ ।

सोनापुर मिनरल्सको आज सबैभन्दा बढी सेयर कारोबार भयो। ७ करोड ७७ लाखको सेयर आज किनबेच भयो।