काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल)मा अनसोल्ड भएका छन् । गत सिजन पोखरा थन्डर्सबाट एनएसएल खेलेका नवयुथलाई एउटा कुनै पनि टोलीले खरिदका लागि इच्छा देखाएनन् । नवयुग चोटमुक्त भइसकेका छैनन् । चोटका कारण उनले यसपटकको सहिद स्मारक ए डिभिजन लिग समेत गुमाएका थिए ।
यस्तै थ्री स्टार क्लबका कप्तान विक्रम लामा पनि एनएसएलमा अनसोल्ड भएका छन् । नवयुग र विक्रम दुवै ए क्याटागोरीका खेलाडी हुन् । एनएएसलमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । ए क्याटागोरीका खेलाडीको न्युनत्तम मुल्य १ लाख ५० हजार रुपैयाँ हेको छ । चोटका कारण विक्रमले थ्री स्टारका पछिल्ला खेलहरु गुमाएका थिए ।
राष्ट्रिय टोली तथा हिमालयन शेर्पा क्लबका गोलकिपर एनएसएलको दोस्रो संस्करणका लागि विराटनगर सिटी एफसी गोल्डेन बजरमा प्राप्त गरेको छ । गोल्डेन बजरबाट प्राप्त गर्ने खेलाडीलाई अधिकत्म मुल्य तिनुपर्ने हुन्छ । ए क्याटागोरीका खेलाडीका अधिकत्म मुख्लय ३ लाख ५० हजार रुपैयाँ रहेको छ । अक्सनमा रहेका १० टोलीले गोल्डेन बजरमार्फत एउटा टोलीले एक जना खेलाडी किन्न पाउने प्रावधान छ ।













