जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

काठमाडौं । उदयपुरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले बेलका नगरपालिका-६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमवार दिउँसो पक्राउ गरेको हो ।

किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख ७ गते साँझ जबर्जस्ती करणी गरेको भन्ने जाहेरी परेपछि उनलाई सोही ठाउँको फक्टपुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।