आफ्नो पार्टीका मन्त्रीे हेरफेर गर्ने नेकपा एसको तयारी

नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेरको तयारी गरेको छ । आइतबारदेखि सुरू भएको पार्टीको सचिवालय बैठकमा यस विषयमा छलफल भएको थियो ।

सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे छलफल भएको जानकारी दिँदै नेकपा एसका एक नेताले त्यसको जिम्मा शीर्ष नेतालाई दिइएको बताए ।

‘मन्त्रीहरूलाई ६ महिना भनेर पठाएका थियौं, ६ महिनाभन्दा बढी भइसक्यो उहाँहरूसँग शीर्ष नेताहरूबीचमा बसेर छलफल गरी समझदारी बनाउँछौं । कति हेरफेर गर्ने उहाँहरू ले नै गर्नुहुन्छ ’ ती नेताले भने ।