प्रेमीको जन्मदिन मनाउन गएकी किशोरीमाथि सामुहिक बलात्कार

बाँकेमा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले उनका प्रेमीसहित सात जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा पीडित किशोरीलाई आफ्नो जन्मदिन छ भनेर बोलाउने प्रेमीबाँके बैजनाथ गाउँपालिका वडा नं ८ का १७ वर्षीय किशोर र उनका ६ साथीहरू रहेका छन्।

पक्राउ परेकाहरूमध्ये १ जना १७ वर्ष, दुई जना १६ वर्षका र अरू १८ वर्षमाथिका छन्। बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार फेसबुकमा एक वर्षदेखि चिनजान भएका बाँके थारुले शनिबार आफ्नो जन्म दिन छ भनेर किशोरीलाई भेट्न बोलाएका थिए ।

प्रेमीको जन्म दिन मनाउन बाँके बर्दिया सीमानाको मानखोलामा पुगेकी किशोरीलाई प्रेमी हेमराजसहित अन्य ५ जनाले जंगलमा लगेर मदिरा खुवाई पालै पालो बलात्कार गरेका थिए । प्रहरी प्रवता न्यौपानेले किशोरीलाई शुरुमा मानखोलाको जंगल र पछि बैजनाथस्थित टहरामा लगेर दुईदिनसम्म बलात्कार गरेको बताए ।

बलात्कारबाट बेहोस भएकी किशोरीलाई दुई जनाले मोटरसाइकलमा राखेर नेपालगञ्ज ल्याउँदै गर्दा प्रहरीले शंका लागेर किशोरी सहित ३ जनालाई नियन्त्रणमा लिएको थियो ।

किशोरीले होसमा आएपछि प्रहरीसँग उनीहरुले आफूलाई बलात्कार गरेको बयान दिएकी थिइन् । त्यसपछि खटिएको प्रहरीले थप ५ जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।