टोंगामा ७ दशमलव १ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

टोंगा – टोंगामा शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार अबेर राति टोंगाको समुन्द्रमा ७।१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

सर्वेक्षणका अनुसार उक्त भूकम्प प्रशान्त महासागरीय द्वीपसमूह राष्ट्रको उत्तरपूर्वमा रहेको नेयाफु शहरको करिब २०० किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर ९छ माइल० गहिराइमा परेको थियो ।