गण्डकीमा कांग्रेस प्रमुख सचेतकमा ओमकला र सचेतकमा भगवतप्रकाश

गण्डकी प्रदेशसभामा सत्तारुढ दल नेपाली कांग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन भएका छन् । संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गरेका हुन् ।

यस अघिका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको पदमा गौतम नियुक्त भएकी हुन् । यस अघि गौतम सचेतक रहेकी थिइन् ।

यसैगरी सचेतक पदमा स्याङ्जाका भवगतप्रकाश मल्ल नियुक्त भएका छन् । सचेतक गौतम प्रमुख सचेतकमा नियुक्त भएपछि मल्ल सचेतकमा नियुक्त भएका हुन् ।

कांग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा गण्डकीमा सरकार बनेपछि दलभित्रका पदाधिकारी हेरफेर गरिएको हो ।