राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को आजको बैठकले भदौ २३ गते अपराह्न ४ः०० बजे सङ्घीय संसद्को बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारले गत साउन ३२ गते संसद् अधिवेशन अन्त्य गरेको थियो । केही महत्वपूर्ण विधेयक अगाडि बढाउने लक्ष्यका साथ सङ्घीय संसद्को बैठक आह्वान गर्न सिफारिस गरिएको बताइएको छ ।
राष्ट्रपतिद्वारा भदौ २३ मा संघीय संसद अधिवेशन आह्वान

