नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि जारी प्रक्रिया नै रद्द भएको छ ।
प्राप्त आवेदनमा ५ जना दाबेदार छनोट भए पनि त्यसपछिको प्रक्रिया पूरा नै हुन नसकेपछि प्रक्रिया नै रद्द हुनपुगेको हो ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले सूचना प्रकाशन गर्दै सबै प्रक्रिया रद्द भएको जनाएको हो ।
अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ संयोजकत्वमा बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । सिफारिस समितिले सर्टलिस्ट गरेका पाँचजना उम्मेदवारमध्ये तीनजना अन्तर्वार्तामा नै सहभागी भएनन् । अन्तिम ५ जनाको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण विवादमा परेसँगै समितिले ३ जनाको नाम अर्थ मन्त्रालयमा पठाउन सकेन ।
समितिले यस विषयमा महान्यायाधिवक्ताको राय माग गरेकोमा योग्यता पुगेका उम्मेदवारमध्ये तीनजनाभन्दा बढी संख्यामा समितिले सिफारिस गर्न बाधा नपर्ने राय दिएको थियो । त्यसका बाबजुद सिमितिले प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको हो ।
धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्तामै गएनन् उम्मेदवार, छनोट प्रक्रिया नै रद्द हुने सम्भावना
बुधबार पनि अन्तर्वार्तामा गएनन् धितोपत्र बोर्डका तीन उम्मेदवार, प्रक्रिया रद्द गर्ने तयारी