बालिका बलात्कार आरोप लागेका इन्सपेक्टर शिवाकोटी पुर्पक्षका लागि थुनामा

Image

बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

आफ्नो घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २३ जेठमा पक्राउ परेका शिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दायर गरेको थियो ।

बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनी प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए । ४५ वर्षीय शिवाकोटीले आफूलाई तीन वर्षदेखि पटकपटक जबरजस्ती करणी गरेको बालिकाको बयान छ ।