विलियम बसिस्टोको घातक बलिङमा नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स १ सय ३ रनमा अलआउट भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १ सय ३ रनमा समेटियो ।
योसँगै कर्णालीले जितका लागि १ सय ४ रनको सामान्य लक्ष्य पाएको छ । पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५ तथा रेमन रेइफरले २० रन जोड्नबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पोखराको ब्याटिङ धराशयी बनाउन कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट चट्काए । ४ ओभर बलिङ गरेका उनले मात्र २८ रन दिए । उनी नेपाल प्रिमियर लिगमा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् । यसअघि सोहेल तनविर, नरेन साउद र हर्श थाकेरले एकै खेलमा ५ विकेट लिएका थिए ।
















