विराटनगर र पोखराको खेल ‘टाइ’, सुपर ओभरबाट विजेता टुंगो लाग्ने

Image

विराटनगर किंग्स र पोखराबीचको नेपाल प्रिमियर लिगको खेल टाइ भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३९ रन जोड्यो ।

जवाफी ब्याटिङ गरेको पोखराले पनि २० ओभरमा ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको हो ।