सुपर ओभरमा पोखरा विजयी

Image

नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

एनपीएलकै पहिलो सुपर ओभरमा पुगेको खेलम पोखराले पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो ।

१९ रनको लक्ष्य लिएर बएको विराटनगरले १ विकेट गुमाएर ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो ।

१४० रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले पनि ६ विकेट क्षतिमा १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

विराटनगर र पोखराको खेल ‘टाइ’, सुपर ओभरबाट विजेता टुंगो लाग्ने