नेपाल प्रिमियर लिगको प्लेअफमा पुग्ने पहिलो टोली जनकपुर बनेको छ । बिहीबार दिउँसो भएको खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुरले प्लेअफमा आफूलाई सुरक्षित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु गुर्खाजले जनकपुरलाई १०२ रनको लक्ष्य दिएको थियो । जनकपुरले मात्रै ५ विकेटको क्षतिमा १६ औं ओभरको अन्तिम बल अघि नै लक्ष्य पूरा गर्यो ।
एक खेलमा मात्रै पराजित भएको जनकपुरले अन्तिम खेल अघि नै प्लेअफमा स्थान सुरक्षित गरेको हो ।
















