अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु

Image

अमेरिकामा कार दुर्घटनामा परेर लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनामा नेपालका २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हुरीबतास र ठूलो वर्षाका बीच उनीहरूले चलाइरहेको कार रुखमा ठोकिँदै सडकबाट खसेको हो।दुर्घटना स्थानीय समयअनुसार जुलाई १३ शनिबार राति ९ बजेतिर भएको हो।