नेप्सेमा आज हरियाली छाएको छ । मंगलबार नेप्से ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३१४ कम्पनिका ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५ मा कारोबार भएको थियो । आज ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज न्यादी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने बुटवल पावरको शेयरमा ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी आज हिमालयन पावरको शेयर ६.३६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी हिमालयन पावरको २४ करोड ९४ लाख बराबरको कारोबार भएको छ भने युनियन हाइड्रोको २३ करोड २२ बराबरको कारोबार भएको छ ।















