एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य

Image

एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्य नियुक्त भएका छन्। नबिल बैंकको डेपुटी सीईओ र कामु सीईओको जिम्मेवारीमा रहेका शाक्यलाई एनआईसी एसिया बैंकको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको हो । शाक्यलाई चारवर्षे कार्यकालका लागि सीईओ नियुक्त गरिएको हो ।

तत्कालीन सीईओ रोशनकुमार न्यौपानेले असोज १ गते राजीनामा दिएका थिए । नबिल बैंकमा सिनियर डेपुटी सीईओ रहेका शाक्यले राजीनामा दिने तयारी गरेका छन् । उनी सन् २०२० मा नबिल भित्रिएका हुन् ।

शाक्य बैंकिङ क्षेत्रको वित्तीय विश्लेषक हुन् । नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट वित्तीय क्षेत्र प्रवेश गरेका उनले हिमालयन बैंकमा लक्ष्मी बैंकमा पनि काम गरिसकेका छन् ।

उनले कर्पोरेट बैंकिङ, संस्था लायबलिटिको पनि अनुभव संगालिसकेका छन् । उनी एनआईसी एसिया बैंक, सिभिल बैंक, जनता बैंक, ग्लोबल आईएमई हुँदै नबिल बैंक प्रवेश गरेका हुन् ।

बैंकिङ क्षेत्रमा उनको २८ वर्षभन्दा बढी अनुभव छ ।