दीपेन्द्र बने नेपालका लागि विश्वकपमा सबैभन्दा धेरै विकेट लिने खेलाडी

Image

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपमा सबैभन्दा धेरै विकेट लिने नेपाली खेलाडीको कीर्तिमान बनाएका छन् ।
ऐरीले प्रतियोगितामा ८ विकेट लिँदै यसअघिको कीर्तिमान तोडेका हुन् । यसअघि सोमपाल कामीले ७ विकेटसहित उक्त कीर्तिमान आफ्नो नाममा राखेका थिए ।