इटालीका ब्याटर बेन मनेन्तीले आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा स्कटल्यान्डविरुद्ध अर्धशतक प्रहार गर्दै इतिहास रचेका छन्।
सोमबार भारतको कोलकातास्थित इडेन गार्डेन क्रिकेट रंगशालामा स्कटल्यान्डले दिएको २०८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मनेन्तीले १३.४ ओभरमा ५० रन पूरा गरेका हुन्।
अर्धशतक पूरा गर्ने क्रममा उनले पाँच चौका र एक छक्का प्रहार गरे। यससँगै मनेन्ती विश्वकपको डेब्यु खेलमै अर्धशतक बनाउने पहिलो इटालियन ब्याटर बनेका छन्।
उनीसँगै क्रिजमा रहेका ग्रान्त स्टेवर्ट दुई रनमा खेलिरहेका छन्।
ताजा समाचार प्राप्त हुँदासम्म इटालीले १३.४ ओभरको समाप्तिमा चार विकेट गुमाउँदै १२७ रन बनाएको छ।













