इटालीविरुद्ध नेपाली टोलीले पहिले ब्याटिङ गर्ने

Image

आईसीसी टी–२० विश्वकपमा इटालीविरुद्ध नेपाली टोलीले पहिले ब्याटिङ गर्ने भएको छ।  मुम्बइको वानखेडे स्टेडियममा इटालीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो। 

नेपालले इटालीविरुद्धको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। शेर मल्लको स्थानमा ललित राजवंशी प्लेइङ ११ मा आएका छन्। ललित विश्वकपमा डेब्यु गर्न लागेका हुन्।