आइसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा वेस्ट इण्डिजले इटालीलाई १६६ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको हो।
वेस्ट इण्डिजका लागि कप्तान शाइ होपले उत्कृष्ट प्रदर्शन गर्दै ७५ रनको योगदान दिए। रोस्टन चेज र शेरफान रथरफोर्डले समान २४–२४ रन जोडे भने म्याथ्यु फोर्ड १६ रनमा अविजित रहे।
बलिङतर्फ इटालीका बेन मानेनटी र क्रिशान कालुगामागेले समान २–२ विकेट लिए। यस्तै अलि हसन र थोमस स्टिवार्टले एक–एक विकेट हात पारे।
१६६ रनको लक्ष्यसहित इटाली जवाफी ब्याटिङमा उत्रिएको छ।













