नेपाली बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ९९ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यस अनुसार बुधबार सुनको मूल्य प्रतितोला सात हजार दुई सय रूपैयाँले बढेको हो।
चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार आठ सय २० रूपैयाँमा कारोबार भएको थियो भने बुधबार प्रतितोला पाँच हजार २५ रूपैयाँमा किनबेच भइरहेको छ। यस अनुसार चाँदीको मूल्य प्रतितोला दुई सय पाँच रूपैयाँले बढेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार आठ सय तीन अमेरिकी डलरमा कारोबार भइरहेको जानकारी प्राप्त भएको छ।















