संकटकाबीच दीपेन्द्रको अर्धशतक

Image

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा ओमानविरुद्ध अर्धशतक पूरा गरेका छन्।

दीपेन्द्रले ५० बलमा ७ चौका सहयोगमा अर्धशतक पूरा गरेका हुन्। ओडीआईमा दीपेन्द्रको यो सातौँ अर्धशतक हो।

त्यस्तै, लिग-२ मा दीपेन्द्रले दोस्रो खेलमा पनि अर्धशतक हानेका हुन्। यसअघि दीपेन्द्रले यूएईविरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए।