साउदी प्रो लिगमा रोनाल्डोको १०० गोल पूरा

Image

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा १०० गोल पूरा गरेका छन् । 

बिहीबार अल–शबाबविरुद्ध ४–२ को जितमा रोनाल्डोले एक गोल गरेका हुन् । रोनाल्डोले खेलको ७५औँ मिनेटमा साडियो मानेको क्रसलाई जाली चुमाउँदै आफ्नो करिअरको ९७१औँ गोल गरे । जारी यस सिजनमा उनको २६औँ लिग गोल हो ।

अल नासरको जितमा रोनाल्डोका पोर्चुगिस सहकर्मी जोआओ फेलिक्सले ह्याट्रिक पूरा गरे । यो जितसँगै अल–नासरले ३२ खेलबाट ८२ अंक जोडेको छ ।

यो दोस्रो स्थानको अल–हिलालभन्दा पाँच अंक बढी हो । अल–हिलालले अझै तीन खेल खेल्न बाँकी रहँदा अल–नासरको दुई खेल मात्र छन् ।