फिफा विश्वकप २०२६ का लागि न्युजिल्यान्डले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । आगामी जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने विश्वकपका लागि बिहीबार टोली सार्वजनिक गरिएको हो ।
यसपटक न्युजिल्यान्डले ओसियाना क्षेत्रीय छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेर सिधै विश्वकपमा स्थान बनाएको हो । यसअघि भने न्युजिल्यान्डले प्रायः प्लेअफ खेल्दै विश्वकप यात्रा तय गर्ने गरेको थियो ।
‘समूह जी’ मा रहेको न्युजिल्यान्डले समूह चरणमा बेल्जियम, इजिप्ट र इरानसँग प्रतिस्पर्धा गर्नेछ । टोलीमा अनुभवी फरवार्ड क्रिस उडसहित युवा र अनुभवी खेलाडीहरूको संयोजन रहेको छ ।
न्युजिल्यान्डको अन्तिम टोली:
गोलकिपर: म्याक्स क्रोकोम्ब, एलेक्स पाउलसेन, माइकल वाउड ।
डिफेन्डर: टेलर बिनडन, माइकल बोक्सल, लिबेराटो काकास, फ्रान्सिस डे उरिएस, कालन एलिएट, टिम पाएने, नान्दो पि जिनाकर, टोमी स्मित, फिन सुर्मान ।
मिडफिल्डर: लाचलन बाएलिस, जोए बेल, एलेक्स रुफर, मार्को स्टामेनिक, राएन थोमस ।
फरवार्ड: कोस्टा बारबारोउसेस, म्याट गार्बेट, एलि जस्ट, कालुम म्याकोवाट, बेन ओल्ड, जेसे रानबल, सर्प्रित सिंह, बेन वाएन, क्रिस उड ।
















