कोशी सरकार आज नीति तथा कार्यक्रम ल्याउँदै

Image

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।बुधबारदेखि सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनअन्तर्गत आज बस्ने दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ ले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आगामी वर्षका लागि कृषि, पर्यटन, पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ ।

प्रदेश सरकारले उत्पादन वृद्धि, आन्तरिक पर्यटन प्रवर्द्धन, सडक तथा भौतिक पूर्वाधार विस्तारसँगै युवालाई लक्षित रोजगारमूलक कार्यक्रमलाई केन्द्रमा राख्ने तयारी गरेको स्रोतले जनाएको छ ।यही नीति तथा कार्यक्रमलाई आधार बनाएर सरकारले आगामी असार १ गते आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्नेछ ।