प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

Image

नीति तथा कार्यक्रममा जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएपछि बिहीबार प्रतिनिधिसभा बैठक पुनः अवरुद्ध भएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।

विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर आपत्ति जनाउँदै संसद् सञ्चालनमा अवरोध गरेका थिए। नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था कार्यान्वयन हुनुपर्ने उनीहरूको माग छ।

अवरोधपछि सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न प्रधानमन्त्री कार्यालय पुगेका छन्। त्यसपछि उनले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

हाल कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको संसद् सचिवालयले जनाएको छ।