आफूलाई सांसद बताउने लोकबहादुर पक्राउ

Image

आफू सांसद हुँ भन्दै ट्राफिक प्रहरीसहितलाई अनुचित दबाब दिने व्यक्ति पक्राउ परेका छन् । आफूलाई सिन्धुली क्षेत्र नम्बर १ को प्रतिनिधिसभाच सदस्य धनेन्द्र कार्की बताउँदै ट्राफिक प्रहरीलगायत विभिन्न व्यक्तिलाई फोनमार्फत दबाब दिने, कामकारबाहीमा अनुचित प्रभाव पार्ख खोज्ने सिन्धुली कमलामाई नगरपालिका-७ माझिटारका लोकबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक उज्वल कार्कीका अनुसार जेठ १४ गते पक्राउ परेका उनलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।