भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै नयाँ दिल्लीस्थित जन्तर मन्तरमा प्रदर्शन सुरु भएको छ । जारी भइरहेको प्रदर्शनमा कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दिपके पनि सहभागी भएका छन्।
शिक्षामन्त्री विरुद्ध जन्तर मन्तरमा प्रदर्शनकारीहरूले चर्को नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेकै समयमा दिपके आफैं प्रदर्शनस्थल पुगेका हुन् ।
मन्त्री प्रधानको कार्यकालमा युवाहरूको भविष्य अन्धकारमा परेको भन्दै आक्रोशित बनेका प्रदर्शनकारीहरूको मागलाई समर्थन गर्न उनी त्यहाँ पुगेका हुन् ।















