लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ५ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
मुख्यमन्त्री आचार्यले सत्ता साझेदार दल नेकपा एमालेबाट ४ र जनता समाजवादी पार्टी (जसपा) बाट १ जनालाई समेटेर मन्त्री नियुक्त गरेका थिए ।
नवनियुक्त मन्त्रीहरू र उनीहरूको कार्यविभाजन यसप्रकार छ–
तुलसीप्रसाद चौधरीः कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
डिल्लीराज भुसालः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
रामजीप्रसाद घिमिरेः स्वास्थ्य मन्त्रालय
रत्नबहादुर खत्रीः भौतिक पूर्वाधार विकास मन्त्रालय
भण्डारीलाल अहिर (जसपा)- आन्तरिक मामिला तथा कानून मन्त्रालय
यसअघि कार्यविभाजनविना नै मन्त्री बनेका उनीहरूलाई सोमबार मन्त्रालयको जिम्मेवारी तोक्दै शपथ गराइएको हो ।
















